बालाजुमा टिप्पर पल्टिँदा एकजनाको मृत्यु, दुईजना घाइते

 पुस १३, २०७५ शुक्रबार ८:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बालाजु वाइपासमा टिप्पर पल्टिँदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ । २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दलबहादुरकी श्रीमती सानोनानी  र नुवाकोट ककनीका प्रज्ञारत्न लामा रहनुभएको छ ।

माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपरले चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडामा चिया बेच्दै आएका धादिङको धुनिवेशी नगरपालिकाका दलबहादुर बिसुंखेको ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिया खान ठेलागाडा नजिकै रोकिएका ट्याक्सी चालकहरुले भने भागेर ज्यान जोगाएका छन् । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया