नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो पारिमा २९२ रनको अग्रता लिएको छ । ७ विकेटको नोक्सानीमा ४४३ रन बनाएपछि पहिलो पारि समाप्तिको घोषणा गरेको भारतले अष्ट्रेलियालाई १५१ रनमा अल आउट बनाएको हो ।
अष्ट्रेलियाका लागि पहिलो पारिमा कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उसका मार्कस ह्यारी र टिम पेनले मात्र सर्वाधिक २२ रन जोडेका थिए । अष्ट्रेलियाको पारि ध्वस्त बनाउने क्रममा पहिलो पारिमा भारतका जसप्रित बुम्राहले सर्वाधिक ६ विकेट लिए ।
१५.५ ओभर बलिङ गरेका बुम्राहले ३३ रन खर्चिएर ६ विकेट लिएपछि अष्ट्रेलियाको पारि ध्वस्त भएको थियो । यसैगरी रविन्द्र जडेजाले २ तथा इशान्त शर्मा र मोहम्मद सामीले एक एक विकेट हात पारे । आजै भारतले दोस्रो इनिङ शुरु गरेको छ । जारी सिरिजमा भारत र अष्ट्रेलियाले एक एक खेल जितेका छन् ।