चन्द्रमाको टाढाको भागमा पहिलो पटक चिनियाँ यान, डरायो अमेरिका

 पुस १९, २०७५ बिहिबार २०:५३:२ | एजेन्सी

चीनले चन्द्रमाको नयाँ ठाउँमा स्वचालित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको छ । यो पहिलो पटकको प्रयास र सफलतापूर्ण अवतरण पनि हो ।

यसभन्दा पहिले कुनै पनि देशको अन्तरिक्ष यान चन्द्रमाको यो भागमा अवतरण गराइएको थिएन । 

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार राजधानी बेइजिङको समयअनुसार बिहीबार बिहान १० बजेर २६ मिनेट जाँदा बिनामानवको यान ‘चाँग इ-४’ चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण भएको हो । यो यानमा यस्तो उपकरण जडान गरिएको छ कि यसले चन्द्रमाको भूविज्ञानको अध्ययन गर्नेछ । 

चिनियाँ सरकारी सञ्चार माध्यमले यो यानको चन्द्रमामा अवतरणलाई ‘अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा ठूलो उपलब्धि’ भएको जनाएको छ । 

अहिलेसम्म पृथ्वीतर्फ रहेको चन्द्रमाको भागमा मात्रै अनुसन्धान भएको थियो । चीनले पहिलो पटक चन्द्रमा सुदूर क्षेत्रमा अन्तरिक्ष यान अवतरण गराएर आफू अन्तरिक्ष क्षेत्रमा पनि अब्बल भएको प्रमाणित गरेको छ ।

अन्तरिक्ष यान अवतरण भएसँगै यसले केही तस्बिर पनि पठाएको छ । यी तस्बिर सोझै पृथ्वीमा पठाइएको भने होइन । पहिले यसले भू–उपग्रहलाई तस्बिर पठायो, त्यसपछि मात्रै ती तस्बिर पृथ्वीमा आइपुगेको हो । 

जोखिमपूर्ण मिशन

बीबीसीका  चीन संवाददाता जोन सडवर्थले यो अभियान जोखिमपूर्ण रहेको बताएका छन् । यो यान अवतरण हुनुभन्दा पहिले यसका बारेमा खासै समाचार सार्वजनिक भएका थिएनन् । तर चन्द्रमामा सफलतापूर्वक अवतरणपछि भने चीनले यसको आधिकारिक जानकारी दिएको छ । 

 चिनियाँ अन्तरिक्ष यान चाँग इ-४

अन्तरिक्ष खोजमा चीन नवप्रवेशी देश हो । सन् २००३ मा चीनले पहिलो पटक अन्तरिक्षमा मानिस पठाउन सफल भएको थियो । अन्तरिक्षमा मानिस पठाउने रुस र अमेरिकापछि चीन तेस्रो देश हो । 

चीनको यो मिशन एकदमै कठिन र खतरापूर्ण पनि थियो किनकि अन्तरिक्ष यानलाई त्यस्तो ठाउँमा अवतरण गराउनुथियो जुन अहिलेसम्म पत्ता लागेको थिएन । यसभन्दा पहिले चाँग इ-३ अन्तरिक्ष यानलाई सन् २०१३ मा अवतरण गराइएको थियो ।

चीनको यो अभियानमार्फत चन्द्रमामा रहेको चट्टान र माटो पृथ्वीमा ल्याउन सहयोग पुग्नेछ ।

चन्द्रमाको नदेखिने त्यो भाग

पृथ्वीबाट चन्द्रमाको नदेखिने भागलाई ‘डार्क साइड’ भनिन्छ । यसमा डार्कको अर्थ अँधेरो होइन, नदेखिने भन्ने बुझिन्छ ।

चन्द्रमाको पृथ्वीबाट नदेखिने भागको पहिलो तस्बिर, जुन चिनियाँ अन्तरिक्ष यानले खिचेर पठाएको होचन्द्रमा दुवै भागमा रात र दिन दुवै हुन्छ । चन्द्रमाको पछिल्लो भाग निकै ठोस छ भने यसमा थुप्रै खाल्डाखुल्डी छन् ।। साथै यहाँ लाभाबाट बनेको कालो माटोको ‘सागर’ पनि रहेको छ । 

चाँग इ-४ अन्तरिक्ष यानको प्रमुख उद्धेश्य भनेको वोन कार्मन क्रेटरको अनुसन्धान गर्नु हो । यो दक्षिणी ध्रुव एटकेन घाटीमा रहेको छ ।

अमेरिकालाई डर

अन्तरिक्ष क्षेत्रमा चीनले लगातार गरेको प्रगति देखेर अमेरिका भने संशकित भएको छ । अन्तरिक्षको क्षेत्रमा आफ्नो एकाधिकार तोडिएपछि अमेरिका सशंकित बन्दै गएको हो । चीनले अन्तरिक्ष खोज आफ्ना लागि एउटा ‘शान्तिपूर्ण बाटो’ भएको बताउँदै आएको छ । 

तर वाशिंगटन चीन र रुसबाट अन्तरिक्ष क्षेत्रमा भएको खोजका कारण आफूलाई खतरा महसुस गर्दछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अन्तरिक्षमा नयाँ हतियारहरु बनाउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् । साथै उनले त्यसबालट बच्न सन् २०२० सम्ममा अमेरिकाले ‘यूएस स्पेस फोर्स’ अमेरिकी अन्तरिक्ष बलको स्थापना गर्ने घोषणा गरेका छन् ।

अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण भन्दै नासालाई चीनसँग मिलेर काम गर्न पनि प्रतिबन्ध लगाएको छ । 

‘अन्तरिक्ष प्रविधि नागरिक र सैन्य दुवै प्रयोजनका लागि प्रयोग हुन्छ’, चीनको अन्तरिक्ष मिशनका बारेमा जानकार तथा प्राध्यापक जोेन्सन फ्रिज भन्छिन्, ‘अन्तरिक्षमा चीनले जे पनि गर्न सक्छ भन्ने अमेरिकाले शंका गरेको छ, जुन काम अमेरिकाले पनि गर्दै आएको छ ।’

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया