पौडेललाई ‘सुदीश निरौला स्मृति’ पुरस्कार

 पुस २४, २०७५ मंगलबार ९:३३:४५ | रासस
unn.prixa.net

माेरङ – पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रष्टका संस्थापक टेकमाया निरौलाका अनुसार पुरस्कारको राशि रु १५ हजार रहेको छ । पौडेलका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

टेकमायाका दिवङ्गत छोरा सुदीशका नाममा याे पुरस्कार स्थापना गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इञ्जिनियर निरौला साहित्यप्रति रुचि राख्नाका साथै कवितासमेत लेख्नुहुन्थ्यो ।

पुरस्कार आगामी माघ ६ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया