९ महिनामा ५ सय ८४ महिला र बालबालिका हराए, कहाँ गए ?

 बैशाख २६, २०७५ बुधबार १३:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, वैशाख २६ – पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या वर्सेनि बढ्दै गएको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हराएका उजुरीमा बर्सेनि वृद्धी हुँदै जान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७४/०७५को पछिल्लो नौ महिनामा मात्रै ५ सय ८४ जना मानिस हराएको उजुरी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ६७ जना हराएका थिए । त्यस्तै २०७२/०७३ मा ४सय ११ जना हराएका थिए भने आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा ६ सय ३४ जना हराएका थिए । यसरी हराउनेमा महिलाको संख्या बढी रहेको तथ्यांकमा भेटिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया