नेविसंघका दुई गुटको विवाद रोक्न देउवाको सक्रियता

 बैशाख २६, २०७५ बुधबार १३:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २६ – नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सभाधानको लागि ११ औं महाधिवेशनमा गठन गरेको निर्देशक समिति सक्रिय हुने भएको छ । 

संस्थापन पक्ष र अर्को समुहले आज काठमाण्डूको सुन्दरीजलमा छुट्टाछुट्टै कार्यक्रम गर्न लागेपछि पार्टी सभापति शेरबहादुर देउवाले दुवै पक्षलाई बुढानिलकण्ठमा बोलाएर छलफल गर्नुभएको हो । छलफलपछि देउवाले नेविसंघमा देखिएको विवाद समाधान गर्न नेविसंघको ११ औं महाधिवेशनमा गठन गरेको निर्देशक समिति सक्रिय बनाउने बताउनुभएको हो । 

छलफलपछि आज दुई समूहले आयोजना गरेको कार्यक्रम स्थगित गर्ने तयारी भएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया