बस दुर्घटनामा ३१ जना घाइते

 पुस २९, २०७५ आइतबार ६:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – काठमाण्डाैबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

अत्याधिक गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि  काठमाण्डाै पठाइएको छ ।

गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया