नेपालले मलेसियालाई  ६ विकेटले हरायाे

 पुस २९, २०७५ आइतबार ११:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

मलेसियाका लागि युजरीना याकोपले ११ रन बनाइन भने सियो जीन इ ले १२ तथा मास एलसि यासमिनले नौ रन बनाइन् । त्यसपछि अरु २४ रन थप्दा मलेसियाले सात विकेट गुमायो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङमा नेपालकी सरिता मगरले चार तथा नेरी थापा, कविता कुवँर र इन्दु बर्माले एक एक विकेट लिइन् ।

जवाफमा नेपालले १६ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्‍याे । नेपालले पनि सुरुवात भने राम्रो गर्न सकेन । १४ रन हुँदा पहिलो विकेट गुमाएको नेपालको जितमा सिता रानामगरले १६, रोमा थापाले २०, काजल श्रेष्ठडले ६ र ममता चौधरीले नौ रनको योगदान गरिन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया