स्वाइनफ्लुको संक्रमण देखिन थाल्यो, सतर्क रहन चिकित्सकको आग्रह

 पुस ३०, २०७५ सोमबार ९:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् ।

काठमाण्डौका केही अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । 

विषेशगरी मंसिरदेखि माघसम्म र वर्षायामका बेला स्वाइन फ्लु देखिने गर्छ । उज्यालाेसँगको कुराकानीमा उहाँले स्वाइनफ्लु छिट्टो सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा गइहाल्न डाक्टर पुनले आग्रह गर्नुभयो । 

 स्वाइन फ्लूबाट बच्न बाहिर हिँड्दा मास्क लगाउने, रोगीको सम्पर्कमा सकेसम्म नजाने र शंका लागे जँचाउन गइहाल्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

 

-यसअघि काठमाण्डाैबाहिर पनि स्वाइन फ्लूकाे संक्रमण देखिएको र झारपातबाट पनि यसकाे संक्रमण फैलने भन्ने हुन गएकाेमा सच्याएका छाैँ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया