खेलकै क्रममा भारतीय क्रिकेट खेलाडीको मृत्यु

 पुस ३०, २०७५ सोमबार १३:२८:३९ | एजेन्सी

हृदयघातका कारण भारतमा एक क्रिकेट खेलाडीको खेलकै क्रममा ज्यान गएको छ । 

गोवाबा रणजी ट्रफीसमेत खेलिसकेका क्रिकेट खेलाडी राजेश घोडगेको खेलकै क्रममा हृदयघातबाट ज्यान गएको हो । मडगाउँको राजेन्द्र प्रसाद स्टेडियममा एक स्थानीय प्रतिस्पर्धामा यो घटना भएको थियो ।

प्रतिस्पर्धा भैरहेको बेला करिब तीन बजे ४७ वर्षीय पूर्व खेलाडी हृदयघातका कारण मैदानमै लडेका थिए ।उनले एमसीसी ड्रयागन्सविरुद्ध एमसीसी च्यालेन्जर्सका लागि खेलिरहेका थिए । 

त्यहाँ भएका अन्य खेलाडीले दिएको जानकारी अनुसार घोडके अचानक ढलेका थिए । त्यसपछि उनलाई नजिकैको अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया