आलिया, दीपिकासहित बलिउड अभिनेत्रीहरुसँग भड्किइन् कंगना रनाउत

 पुस ३०, २०७५ सोमबार १६:४३:५१ | एजेन्सी
unn.prixa.net

अभिनेत्री कंगना रनाउत अभिनयका कारण जति चर्चामा हुन्छिन् त्यतिकै चर्चा उनले दिने बयानहरुका कारण हुने गर्छिन् ।  

यतिबेला उनको अब आउँदै गरेको फिल्म ‘मणीकर्णिका’को प्रमोशनमा व्यस्त छिन् । यस फिल्ममा कंगनाको मुख्य भूमिका हुनुको साथै उनले निर्देशनको कामसमेत गरेकी छिन् । 

प्रमोशनकै क्रममा कंगनालाई एक कार्यक्रममा बलिउडका अन्य अभिनेत्रीहरुका साथ तुलना गर्दै गरिएको प्रश्नमा कंगनाले भनेकी छिन्, ‘म कुनै पनि अभिनेत्री देखि डराउँदिनँ । म सबै अभिनेत्रीहरुको अभिनयको तारिफ गर्ने गर्छु । मैले आलियाको फिल्म ‘राजी’ हेरिसकेपछि उनको तारिफ गरेकी थिएँ । तर त्यसको बदलामा मलाई उनले कुनै पनि किसिमको प्रशंसा गरेकी छैनन् ।’ 

कंगनाले दीपिका पादुकोणप्रति पनि आफ्नो रिस पोख्दै भनिन्,  ‘मैले ‘पिकू’ फिल्म हेरेपछि दीपिकाको अभिनयको तारिफ गर्न कुनै कन्जुस्याईँ गरिन् । मैले अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘लुटेरा’ हेरेपछि वर्षभरि नै उनको अभिनयको तारिफ गरेकी थिएँ । तर उनीहरुको तर्फबाट कुनै पनि किसिमको प्रतिक्रिया आएन । यतिसम्म की मेरो अब प्रदर्शन हुने फिल्म ‘मणिकर्णिका’ को टिजर र ट्रेलर सार्वजनिक भएपछि कसैले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । मलाई सधैँ लाग्ने गर्छ की मलाई यहाँ जहिले पनि इग्नोर गर्ने गरिन्छ ।’

कंगना रनाउतका अनुसार बलिउडकर्मीहरुले सधैँ उनलाई इग्नोर गरिरहन्छन् । उनको कामको सराहना गर्नु त कता हो कता यस विषयमा कोही पनि कुरा गर्न समेत चाहँदैनन् । बलिउड उद्योगमा उनलाई गरिने यस किसिमको व्यवहारले कंगना दुःखी र निरास हुने गरेको बताएकी छिन् । 

कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्येको एक हो । तर बलिउड फिल्म उद्योगमा कसैले पनि यस फिल्म बारेमा कुनै चर्चा गरिरहेका छैनन् । यस फिल्ममा अभिनेत्री ‘कंगना रनाउत रानी लक्ष्मी बाईको भूमिकामा देखिएकी छिन् ।

यसअघि सुपरहिट फिल्म ‘क्वीन’ मार्फत एकाएक चर्चाको शिखरमा पुगेकी कंगनाले उनको फिल्म ‘मणिकर्णिका’ बाट पनि दर्शकको मन जित्न सफल हुने बताइएको छ । यो फिल्म यही जनवरी २५ मा रिलिज हुनेछ । 

 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया