नयाँ शक्तिसँग पनि एकता हुन सक्छ : विवेकशील साझा

 माघ १, २०७५ मंगलबार १४:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । अहिले पार्टीबाट अलग भएर गएकाहरु पूर्व विवेकशील नेपाली दलका व्यक्तिहरु मात्रै रहेकाले एकता भावनात्मक हुन नसकेको निष्कर्षमा आफूहरु पुगेको उहाँले बताउनुभयो । 

पार्टी एकतापछि पनि धेरै व्यक्तिहरु थपिएका र सहकार्य भएकोमा विवेकशील नेपाली दलका पहिलेका साथीहरु मात्रै छुट्टिएर जानुले उनीहरु भावनात्मक रुपमा एक हुन नचाहेको देखाएको उहाँले बताउनुभयो ।  

यो फुटले वैकल्पिक राजनीतिमा कुनै अवरोध नआउने भन्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एक हुने भन्ने टुङ्गोमा आफूहरु अहिले नै नपुगेको उहाँले बताउनुभयो । तर वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्लै रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया