हामीलाई प्रधानमन्त्री मोदीसँगै पद्मनाभस्वामी मन्दिर प्रवेश गर्न दिइएन : शशि थरुर

 माघ २, २०७५ बुधबार १०:५५:१७ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेसका नेता तथा चर्चित लेखक शशि थरुरले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको केरल यात्राका क्रममा पद्मनाभस्वामी मन्दिरमा प्रवेश गर्न नदिएको आरोप लगाएका छन् । 

केरलको तिरुवनंतपुरमका सांसदसमेत रहेका थरुरले ट्वीट गर्दै आफू र केही स्थानीय नेतालाई प्रधानमन्त्रीसँग मन्दिर प्रवेश गर्न अनुमति नदिएको आरोप लगाएका हुन् ।

थरुरले ट्वीटमा भनेका छन्, ‘हामीले श्री पद्मनाभस्वामी मन्दिरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका थियौँ । उहाँ स्वदेश दर्शन प्रोजेक्टको शुभारम्भ गर्न आउनुभएको थियो । यो अवसरमा स्थानीय सांसद, विधायक तथा पार्षद उहाँसँगै मन्दिर प्रवेश गर्न लाग्दा रोकियो । पछि हामीलाई भनियो कि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीसँगै मन्दिर दर्शन गर्न जाने व्यक्तिको सूचीबाट हाम्रो नाम हटायो ।’

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया