श्रम कार्यालय ताहाचलमा अब फ्रि इन्टरनेट, बस्ने बेञ्च र पानीको पनि व्यवस्था

 माघ २, २०७५ बुधबार १३:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम कार्यालय ताहाचलमा सेवाग्राहीका लागि फ्रि इन्टरनेटको व्यवस्था गरिएको छ । 

श्रम स्वीकृतिका लागि कार्यालय पुग्ने सेवाग्राहीको सुविधाका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले फ्रि इन्टरनेट, पिउने पानी र बस्ने बेञ्चको व्यवस्था गरेको हो । 

वैदेशिक रोजगारीका विषयमा सबै जानकारी समेटिएको वैदेशिक रोजगार मोबाइल एप्लिकेशन डाउनलोड गर्न सजिलोका लागि फ्रि इन्टरनेटको व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया