रंगपुरविरुद्धको खेलमा सन्दीपले लिए महत्वपूर्ण एक विकेट

 माघ २, २०७५ बुधबार २२:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिग(बीपीएल) क्रिकेटमा रंगपुरविरुद्धको खेलमा सन्दीप लामिछानेले आज एक विकेट लिएका छन् ।

तीन ओभरसम्म विकेटविहीन बनेका सन्दीपले चौथो ओभरमा बेनी हवेललाई आउट गरेका हुन् ।

१७ ओभरको पाँचौ बलमा विकेट लिएपछि उनी विकेटविहीन हुनबाट जोगिएका थिए । सुरुका तीन ओभरमा १५ रन खर्चिएका सन्दीपले अन्तिम ओभरमा ३ रन दिएर महत्वपूर्ण एक विकेट हात पारे । आज चार ओभर बलिङ गर्दा सन्दीपले १८ रन खर्चिए । जुन बाँकी बलरहरुको भन्दा किफायती हो ।

आजको खेलमा सन्दीपको टिम सिल्हेट सिक्सर्सले रंगपुरलाई २७ रनले हरायो । सिल्हेटले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । १८८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको रंगपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन मात्र बनायो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया