वुमन्स टि–२० स्म्याश: उपाधिका लागि नेपाललाई आयोजकले दियाे १२२ रनकाे लक्ष्य

 माघ ५, २०७५ शनिबार १३:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्ड वुमन्स टि–२० स्म्याशको उपाधिका लागि अहिले नेपाल आयोजक टोलीसँग खेल्दैछ । 

थाइल्याण्डले नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो ।

उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् । उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया