बसले ठक्कर दिँदा बाटाे काट्दै गरेकी बालिकाकाे ज्यान गयाे

 माघ ५, २०७५ शनिबार १५:२०:५२ | रामबाबु खड्का

सर्लाही - सर्लाहीको बयलवासबाट त्रिभुवननगरका लागि छुटेको यात्रु बसले ठक्कर दिँदा एक बालिकाको ज्यान भएको छ ।

बसको ठक्करबाट ज्यान गुमाउने बालिका स्थनीय ब्रह्रमपुरी-३ की ७ वर्षिया सोनाली मुखिया बिन रहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार सडकमा बाटो काट्ने क्रममा बालिकाको घटनास्थलमै ज्यान गएको थियाे । ठक्कर दिने बस र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया