आगलागीमा १५ लाख बराबरको धनमाल जलेर नष्ट

 माघ ६, २०७५ आइतबार १३:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – बंगालचुली गाउँपालिका वडा नम्बर  ७ श्रीखर्क भन्ने गाउँका दुई परिवारको घरगोठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय देवराज पुन र उहाँको छोरा गोपाल पुनको घरगोठमा आगलागी हुँदा दुबैजनाको घरगोठ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन र आधा तोला सुनसमेत गरी ६ लाख ८० हजार रुपैयाँ जलेर नष्ट भएको छ ।

यसैगरी गोपाल पुनको घरगोठमा आगजनी हुँदा नगद २५ हजारसहित अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन एक तोला, सोलारसमेत ७ लाख ९३ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया