‘मणिकर्णिका’को विरोध गरिरहेका करणी सेनालाई नै नष्ट गरिदिने चेतावनी दिइन् कंगना रनावतले

 माघ ६, २०७५ आइतबार १३:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अभिनेतृ कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ यही जनवरी २४ मा रिलिज हुँदैछ ।

तर रिलिज हुनु अघि नै यो फिल्म पनि विवादमा परेको छ । यस अघि फिल्म ‘पद्मावत’ को चर्को विरोध गरेको करणी सेनाले फिल्म ‘मणिकर्णिका’ को पनि विरोध गर्दै धम्की दिएको छ । 

यस अघि आफ्नो फिल्म ‘पद्माावत’ को विरोध हुँदा अभिनेत्री दीपिका पादुकोण कुनै प्रतिक्रिया नदिएर चुप लागेकी थिइन् । तर अभिनेत्री कंगना रनावतले भने धम्की दिने करणी सेनालाई कडा जवाफ फर्काएकी छिन् । 

कंगनाले करणी सेनाको धम्कीको जवाफमा भनेकी छिन्, ‘म कसैसँग डराउँदिन । म नलडिकन यत्तिकै हिम्मत हार्ने छैन । चारजना इतिहासकारले फिल्म ‘मनिकर्णिका’ हेरिसकेका छन् । सेन्सर बोर्डले पनि यस फिल्मलाई सर्टिफिकेट दिइसकेको छ । 

हामीले यी सबै कुरा करणी सेनालाई बताइसकेका छौँ । तर पनि उनीहरु हामीलाई लगातार दुख दिइरहेका छन् । यदि करणी सेनाले यो काम बन्द गरेन भने म पनि एक राजपुत हुँ । एक–एकलाई नष्ट गरिदिनेछु।’ 

करणी सेनाले फिल्म ‘मणिकर्णिका’ मा झाँसीकी रानी, लक्ष्मी बाईको भूमिकालाई गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप लगाएका छन् । 

उनीहरुले फिल्म रिलिज हुनुअगाडि आफूहरुलाई फिल्म देखाउनुपर्ने माग गरिरहेका छन् । यदि यसो गरिएन भने फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । साथै फिल्म हलमा समेत तोडफोड गर्ने धम्की पनि दिइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया