मलको अभाव हुन नदिने मन्त्री खनालको प्रतिबद्धता

 माघ ६, २०७५ आइतबार १६:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले एक वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो ।

राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले आफूले दुधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दावी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषिसम्बन्धी नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गर्नुभयो । उहाँले कृषि गतिविधिमा प्रत्यक्ष असर पार्ने खालका नीति–नियम बनाउन पनि आयोगलाई सुझाव दिनुभयो ।

पूर्व कृषिमन्त्री गजुरेलले किसान आयोगले किसानहरुको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया