नेपाली बालबालिकालाई फकाएर याैनधन्दामा लगाउने एक विदेशी पक्राउ

 माघ ६, २०७५ आइतबार १८:४१:१४ | उज्यालो सहकर्मी

काठमाण्डाै – नेपाली बालबालिकालाई फकाएर यौनधन्दामा लगाउने एकजना विदेशी नागरिकलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर बाल यौन दुराचारमा संलग्न भएको विशेष सूचनाका आधारमा उनलाई काठमाण्डौ रविभवनमा रहेकाे एउटा घरको चौथो तलाबाट शनिबार पक्राउ गरिएकाे हाे । त्यही कोठाबाट तीनजना नेपाली पीडित बालबालिकाको समेत तत्काल उद्धार गरिएको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती अपराधीलाई सार्वजनिक गरेको हाे । आईएआईएन रोबर्ट कोल नाम गरेका ५० वर्षीय ती व्यक्ति रविभवनकै एक अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका थिए ।

उनीसँगै अपराधमा संलग्न अन्य दुई नेपाली नागरिकलाई पनि प्रहरीले पक्रेको छ । उनीहरुमाथि बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धा अनुसन्धान कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया