३५ हजारभन्दा धेरै कर्मचारीको पहिलो रोजाइमा संघ

 माघ ६, २०७५ आइतबार १८:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समायोजनमा जान चाहने कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । 

कर्मचारी समायोजन फारम भर्दा ३५ हजार ३ सय ६४ जनाले संघलाई पहिलो प्राथमिकतामा राखेका हुन् । त्यस्तै २७ हजार ४ सय ६१ ले स्थानीय तह र १४ हजार २ सय ९ जनाले प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका उपसचिव अनिता निरौलाले उज्यालोलाई जानकारी दिनुभयो । 

समायोजन फारम भर्दा ४६ हजार २ सय ७० जनाले संघ, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ३ लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह छनौट गरेका थिए । ७५ हजार ३ सय ६७ सरकारी सेवा र १ हजार ६ सय ६७ अन्य सेवाबाट गरी ७७ हजार ३४ कर्मचारीले समायोजनको फारम भरेका हुन् । 

उनीहरुलाई एकभन्दा बढी स्थान रोज्न पाउनेगरी विकल्प दिइएको थियो । फारम भर्ने प्रत्येकलाई संघ, प्रदेश र ५ सय ५३ वटा स्थानीय तह सहित ७ सय ६१ वटा विकल्प दिइएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया