आमलाले तोडे विराट कोहलीको रेकर्ड: सबैभन्दा कम इनिङमा २७ शतक बनाए

 माघ ६, २०७५ आइतबार २१:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिणी अफ्रिकी क्रिकेटर हाशिम आमला लामो समयपछि एक दिवसीय अन्तरराष्ट्रिय खेलमा शतक बनाउन सफल भएका छन् ।

उनले शनिबार पाकिस्तानका विरुद्ध याे शतक बनाएका हुन् ।

त्यसो त हाशिम अमलाको शतक अफ्रिकाको लागि काम लागेन । दक्षिणी अफ्रिकाले पाकिस्तानविरुद्धकाे पाँच खेलको सीरिजको पहिलो खेल ५ विकेटले हार्‍याे ।

३६ वर्षका आमलाले पाकिस्तानविरुद्ध पोर्ट एलिजाबेथमा अविजित १ सय ८ रन बनाए । तर उनको यो शतकले दक्षिण अफ्रिकालाई जिताउन भने सकेन ।

तर उनले भारतका विराट काेहलीलाई उछिन्दै सबैभन्दा कम इनिङमा २७ एक दिवसीय शतक बनाउने रेकर्ड भने आफ्नो नाममा गरेका छन् ।

हाशिम आमलाले एक दिवसीय अन्तरराष्ट्रियकाे १ सय ६७ इनिङमा आफ्नो २७ शतक पूरा गरे । भारतका कप्तान विराट कोहलीले १ सय ६९ इनिङमा २७ शतक बनाएका थिए ।

अर्काे रमाइलो कुरा, सबैभन्दा छिटो २६ शतक बनाउने रेकर्ड पनि आमलाकै नाममा छ ।

उनले यो कीर्तिमान पनि विराट काेहलीलाई नै पछाडि छाडेर बनाएका थिए । त्यतिबेला आमलाले मात्र १५४ इनिङमा २६ शतक पूरा गरेका थिए जब कि विराटले १६६ इनिङमा यति शतक पूरा गरेका थिए ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया