फुलह्यामको मैदानमा टोटनह्यामकाे जित

 माघ ७, २०७५ सोमबार ६:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भयो । 

फुलह्यामको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमलाई २–१ ले पराजित गर्‍याे । ह्यारी विंक्सले इन्ज्युरी समयमा गोल गरेपछि टोटनह्याम तीन अंक जोड्न सफल भयो । 

१७औं मिनेटमा लोरेन्टेले आत्मघाति गोल गरेपछि फुलह्यामले अग्रता लिएको थियो । जुन अग्रता पहिलो हाफभरी कायम रह्यो । ५१औं मिनेटमा डेली अल्लीको गोलमार्फत टोटनह्याम खेलमा फर्कियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा विंक्सले गोल गरेपछि टोटनह्याम विजयी भयो । 

जितसँगै टोटनह्यामले शीर्ष स्थानको लिभरपुलसँगको दूरी नौ अंक कायम राखेको छ । फुलह्याम भने १४ अंकसहित १९ औं स्थानमा छ ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया