इरान एसियन कपको क्वार्टरफाइनलमा

 माघ ७, २०७५ सोमबार ७:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानलाई हराउँदै इरान एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

तीन पटकको च्याम्पियन इरानले ओमानलाई २–० ले हरायो । इरानलाई जित दिलाउन अलिरेजा जाहानबक्श र अश्कन देजाघले गोल गरेका थिए ।

३२औं मिनेटमा जाहानबक्सले गोल गर्दै इरानलाई अग्रता दिलाए । ४१औं मिनेटमा इरानले पाएको पेनाल्टीलाई देजाघले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै टिमबाट गोल हुन नसक्दा इरान क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया