मलेसियामा एक नेपालीको ज्यान गयाे

 माघ १२, २०७५ शनिबार २०:४८:४१ | रासस

वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेसियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । 

माप्य, दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाइ दानकुबिर राईले जानकारी दिनुभयो । 

मृतक राई मलेसियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्ने सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया