अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
रामेछाप – रामेछाप नगरपालिकां—६, डाङसिङटारका शंकर वहादुर मगरको घरमा आगलागीका कारण घर जल्दा उनका ११ महिने छोरा दिपेन्द्र मगरको डढेर ज्यान गएको छ ।
आगलागी हुँदा सोमबार दिउँसो घरमा बालक सुताएर वस्तुलाई घाँस काट्न गएकी दिपेन्द्रकी आमालाई गाउँलेहरुले बोलाएका थिए । उनी घर आइपुग्दासम्म दिपेन्द्रको ज्यान गैसकेको थियो ।
शंकरबहादुरको घरबाट अकस्मात धुवाको मुस्लो निस्किएपछि गाउँलेहरु घटनास्थलमा पुगेका थिए । घटनास्थल पुगेका गाउँलेहरुको सहयोगमा आँगो नियन्त्रण गरिए पनि बच्चालाई भने जोगाउन नसकेको वडा नं–७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका कारण दिपेन्द्रका बाबु शंकरबहादुर वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् । उनका दुई छोराहरुमध्ये जेठो छोरा रोजगारीको लागि काठमाण्डौमा बस्दै आएका छन् ।
२०७२ सालको भूकम्पले घर भत्काएपछि घर नजिकैको गोठमा वस्तु तल्लो तलामा वाँधेर श्रीमती र काखको कान्छो छोरालाई छाडेर शंकर विदेश गएका थिए । त्यस घरमा अहिले दिपेन्द्रकी आमा र दिपेन्द्र मात्रै बस्दै आएका थिए ।
घटनामा ५ लाख बराबरको क्षति भएको आंकलन गरिएको छ भने बालकको शवलाई पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्रवहादुर सिंहले जानकारी दिनुभयो ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।