सप्तरीका एक युवक मलेसियाको सडकमा मृत फेला

 माघ १८, २०७५ शुक्रबार १६:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – वैदेशिक रोजगारीमा गएका सप्तरीका एक युवक मलेसियाको सडकमा मृत अवस्थामा भेटिएका छन् । 

वैदेशिक रोजगारीका लागि ७ महिनाअघि मलेसिया गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १० बनौला निवासी अन्दाजी २१ वर्षीय भोला माझी त्यहाँ रहेको जोहोर बारू गेलेनपाता  सडकमा मृत भेटिएका हुन् । 

मृतकको घरमा आमा, बुवा, श्रीमती र दुई छोरीहरू रहेको वडा अध्यक्ष जुगेश्वर प्रसाद साहले फोन मार्फत आप्रवासन श्रोत केन्द्रमा जानकारी दिएको कार्यक्रम संयोजक रामप्रवेश मण्डलले जानकारी दिनुभयो । 

यता मृतक माझीको शव ल्याउने प्रकृया अगाडि बढाइसकिएको संयोजक मण्डलले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया