अन्तर्राष्ट्रिय महिला फुटबल: नेपालले पहिलो खेलमा म्यानमारसँग खेल्ने

 माघ १९, २०७५ शनिबार १४:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले पहिलो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

भारतीय फुटबल महासंघले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते उद्घाटन खेलमा इरान र भारत भिड्नेछन् ।

त्यसै दिन नेपाल र म्यानमारको खेल हुने छ । सुरुमा नेपाल, भारत श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिममा श्रीलंका सहभागी भएको छैन् ।

श्रीलंकाको ठाउँमा इरानलाई सहभागिता गराइएको हो । साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टिमले दोस्रो खेलमा २८ गते भारतसँग खेल्ने छ । समूह चरणको अन्तिम खेलमा फागुन १ गते इरानसँग खेल्ने छ ।

राउण्डरोबिन लिग अनुसार प्रतियोगिताको शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । विराटनगरमा हुन लागेको साफ च्याम्यिनसिपको तयारीका लागि नेपाली महिला टिम झापामा रहेको छ । उतैबाट मंगलबार प्रतियोगिताका लागि भारत जाने छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया