कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पन्ध्रवर्षपछि पक्राउ

 असार ७, २०७५ बिहिबार १९:३६:५५ | सुजता सुनुवार

इलाम – कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई इलाम प्रहरीले पन्ध्र वर्षपछि पाँचथरबाट पक्राउ गरेको छ ।

इलाम माइजोगमाई गाउँपालिका वडा नम्बर ३ का खड्गबहादुर पुलामी मगरलाई प्रहरलिे पक्राउ गरेको हो । ४० वर्षका मगरलाई पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६४ साल पुष १४ गते साविक नयाँ बजार गाविस वडा नम्बर ५ को जंगलमा भरुवा बन्दुकले शिकार खेल्ने क्रममा साविक नामसालिङ्ग गाविस वडा नम्बर १ बस्ने १४ वर्षका एक बालक लागेको थियो ।

बालकको उपचारको क्रममा मृत्यु भएको थियो । बालकको मृत्युपछि पुलामी फरार थिए । लामो समयदेखि फरार पुलामीलाई विशेष सुराकीको आधारमा इलामस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको टोलीले पाँचथर जिल्लाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

पक्राउ परेका मगरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर पुर्याइएकोे छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया