कंगनाको सफलतामा बलिउड जल्छ त्यसैले उनलाई कसैले साथ दिएनन् : तनुश्री दत्ता

 माघ २९, २०७५ मंगलबार ११:६:५१ | एजेन्सी
unn.prixa.net

अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका’को विवाद र निर्देशक क्रिससँग उनको शीतयुद्ध चलिरहेको छ । कंगना रनातले उनको फिल्म ‘मणिकर्णिका’ रिलिजपछि बलिउड कलाकारले उनको समर्थन नगरेको भन्दै आरोप लगाइन् । अहिले कंगनाको समर्थन गर्दै अनुपम खेर र तनुश्री दत्ता अघि सरेका छन् । तनुश्री दत्ताले कंगनाको पक्षमा बोल्दै भनिन् कंगनाको पक्षमा कोही पनि बोलेनन् किनकी उनको सफलतामा मानिसहरु जल्ने गर्छन् । 

तनुश्रीले कंगनालाई भनिन् ‘तपाई एक ए लिष्टर अभिनेत्री हो र कसैको सहयोग बिना नै अगाडी बढ्नु भएको हो । बलिउडमा मै हुँ भनेर गुट बनाउनेहरु पनि तपाईँको हिम्मत देखेर डराउने गर्छन् । यही कारण उनीहरु तपाईँको सफलता देखेर पनि नदेखेझैं गरेर चुपचाप छन् ।’ 

तनुश्रीले कंगनाको फिल्म ‘मणिकर्णिका’को विषयमा अगाडि भनिन् ‘मैले अहिलेसम्म ‘मणिकर्णिका’ हेरेकी छैन । तर अमेरिकामा मेरा साथीहरुले मलाई यो फिल्म हेर्नु भनेका छन् । सायद म यो फिल्म छिट्टै नै हेर्नेछु । मेरा आमा बुवाले पनि यो फिल्म हेरिसकेका छन् र उहाँहरुले प्रशंशा पनि गर्नुभएको छ । विशेष गरेर उहाँहरुले कंगनाको तारिफ गर्नुभएको छ ।’

अभिनेत्री तनुश्री दत्ता केही समय अघि भारत आएर अभिनेता नाना पाटेकरविरुद्ध मिटू अन्तर्गत आफूमाथि भएको दूव्र्यवहारबारे खुलेर बोलेकी थिइन् । त्यस समयमा अभिनेत्री कंगना रनावतले पनि खुलेर तनुश्री दत्ताको समर्थन गरेकी थिइन् । 

अभिनेत्री कंगना वास्तवमै एक साहसी र निडर अभिनेत्री हुन् । उनले बलिउडमा कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । कंगना आफूलाई गलत लागेको कुरा कसैसँग पनि नडराएर निर्धक्कका साथ निडर भएर बोल्ने गर्छिन् ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया