वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार ...
चैत १६, २०८० शुक्रबार
स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडलाई एक शून्यले हरायो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी सात अंकमा पुर्याएको छ ।
पुछार तिरको क्लब भालाडोलिड विरुद्ध बार्सिलोनाका लियोनल मेसीले पेनाल्टीबाट एक गोल गर्दा एउटा पेनाल्टी भने चुकाए । यो सिजनमा गोल सख्या ३० पुर्याएका मेसीले खेलको ४३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
भालाडोलीडका मिचेलले जेरार्ड पिकेलाई फल गरेपछि पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा फेरि अर्को पेनाल्टी पायो । सब्सिच्युट खेलाडी फिलिप कोउन्टिन्होलाई कीको आलीभसले फल गरेपछि पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् ।
उनको प्रहारलाई गोलकिपर जोर्डी मासिपले बचाए । अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई एक शून्यले नै हरायो । जितपछि बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानको एट्लेटिकोको ४७ अंक छ ।