पाँचथरमा स्कुटरले ठक्कर दिँदा पैदल यात्रुकोे ज्यान गयाे

 फागुन ५, २०७५ आइतबार १६:५८:५१ | उपेन्द्र येक्तेन

पाँचथर - स्कुटरको ठक्करबाट पाँचथरमा आइतबार एकजनाको ज्यान गएकाे छ । 

आइतबार दिउँसो मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका - ३ लालीखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे १ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिँदा लालीखर्क निवासी अन्दाजी ३८ वर्षीय पैदल यात्रि गोपाल राईको मुत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका राईको समर्पित अस्पताल फिदिममा उपचारको क्रममा ज्यान गएको हो ।  

राईलाई ठक्कर दिने स्कुटर चालक वर्ष ५० का टंक श्रेष्ठ पनि घाइते भएको र उनको समर्पित अस्पताल फिदिममा उपचार भइरहेको पाँचथरका ट्राफिक प्रहरी प्रमुख जनक तिमल्सिनाले जानकारी दिनुभयाे ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया