गुल्मीमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समिति

 फागुन ५, २०७५ आइतबार १९:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन गरिएको छ ।

समाजमा बढ्दो भ्रष्टचार न्यूनीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकसँगकाे सहकार्यमा निगरानी संस्था गठन गरेकाे हाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ अन्तरगत गुल्मीको सदरमुकाम तम्घासमा सक्रिय राजनीति भन्दा बाहिर रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिकाे सहभागितामा संस्था गठन भएकाे हाे । 

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयको अध्यक्षतामा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाकाे १५ सदस्यीय तदर्थ जिल्ला समितिको गठन भएकाे हाे ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ का प्रमुख रबिलाल पन्थ र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलकाे राेहबरमा संस्था गठन भएकाे नवगठित संस्थाका पदमप्रसाद पाण्डेयले बताउनुभयाे ।  

अख्तियारकाे प्रदेश नम्बर ५ का प्रमुख पन्थले संस्थाले भ्रष्टाचार न्यूनिकरण र सुशानका लागि अख्तियारसँग मिलेर सहकार्य गर्न आग्रह गर्नु भयाे । यस्तै  गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समाजमा बढ्दो भ्रष्टचारलाई संस्थाले निगरानीमा राखेर काम गर्नेमा विश्वास व्यक्त गर्नुभयाे ।   

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया