आर्थिक कूटनीति सबल बनाउने नवनियुक्त राजदूतहरुको प्रतिबद्धता

 फागुन ५, २०७५ आइतबार १९:२६:२१ | उज्यालो सहकर्मी

काठमाण्डाै - विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले देशको आर्थिक–सामाजिक रुपान्तरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाण्डौमा गरेको कार्यक्रममा जेनेभाका लागि नवनियुक्त नेपाली राजदूत मणिप्रसाद भट्टराई, थाईल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायत राजदूतहरुले देशको समृद्धिको सपना पूरा हुने गरी राजदूतको रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जेनेभाका लागि राजदूत भट्टराईले नेपाली बस्तुको बजार पहुँचका लागि आफूले गर्नुपर्ने पहलका बारेमा आवश्यक सुझाव दिन नेपालका उद्योगीहरुलाई आग्रह गर्नु भयो ।

थाईल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले नेपालको निर्यात व्यापारलाई बढाउन आफूले पहल गर्ने भन्दै आवश्यक सुझाव दिन उद्योगीहरुको ध्यानाकर्षण गराउनु भएकाे थियाे ।

क्यानाडाका लागि राजदूत भृगु ढुंगानाले नेपालमा अन्तराष्ट्रिय लगानी भित्र्याउन पहल गर्ने योजना अघि सार्दै आवश्यक सहकार्य गर्न उद्योगीहरुसँग आग्रह गर्नु भयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया