२ अर्बकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

 फागुन ६, २०७५ सोमबार ७:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साेमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत  ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको यो ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । 

बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया