कुवेती दिनारको भाउ केही बढ्यो, अरु विदेशी मुद्रा आइतबारकै मूल्यमा साट्न सकिने

 फागुन ६, २०७५ सोमबार १०:१८:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार कुवेती दिनारको भाउ बढेको छ भने अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ ।

 कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । सोमबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा छ । 

यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०४ पैसा छ । 

यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया