सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल अस्वस्थ

 फागुन ६, २०७५ सोमबार १३:३५:४० | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ हुनुभएको छ ।

उहाँलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गौला केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डाक्टर विजय केसीले जानकारी दिनुभयो । 

प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डाक्टर केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । 

एकहत्तर वर्षीय मल्ललाई त्यस अस्पतालले बाहिर सिफारिस गरेपछि गए राति नै थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया