आयुष्का खनियाको नयाँ गीत ‘देशभित्र रहे नी’ सार्वजनिक

 फागुन ७, २०७५ मंगलबार १९:४५:४१ | मनोज दाहाल
unn.prixa.net

अष्ट्रेलिया बस्दै आएकी बाल गायिका आयुष्का खनियाको नयाँ गीत ‘देशभित्र रहे नी’ सार्वजनिक गरिएको छ । 

राष्ट्रिय भावनाले ओतप्रोत गीतलाई डाक्टर कृष्णहरि बराले लेखेका हुन् । गीतको संगीत भने गैरे सुरेशले गरेका हुन् ।

‘म अष्ट्रेलिया बस्दै आएकी छु, जहाँ रहे पनि नेपाल र नेपालीको माया उत्तिकै हुँदोरहेछ । गीतको शब्द सुन्दा अत्यन्तै मन छोयाे, त्यसैले मैले गीत गाएकी हूँ,’ गायिका खनियाको भनाइ छ । 

‘मैले अहिलेसम्म धेरै गीतमा कलम चलाइसकेको छु, त्यसमापनि राष्ट्रिय गीतमा कलम चलाउनुको मज्जा बेग्लै हुन्छ,’ डाक्टर बरालले भने ।

‘आयुष्काले नेपालीभाषा त्यति राम्रोसँग बोल्न जान्दिनन्, सुरुमा केही असहज भए पनि पछि उनले सहजै गाइन् । आयुष्का अष्ट्रेलिया बस्दै आएका कारण पनि उनलाई यो गीत निकै सुहाएको छ । उनले गीतलाई राम्रोसँग न्याय गरेकी छन्,’ संगीतकार गैरे शुरेसको भनाइ थियो । 

रेडियो अडियोको प्रस्तुति रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत मंगलबार आयुष्का खनियाकै आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । ललितपुरको गोदावारीमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका हुन् ।

‘यसअघि निर्देशन गरेका सबै गीत कमर्सियल थिए, राष्ट्रिय गीतको निर्देशन गर्दाको आनन्द अन्य गीतमा नहुँदो रहेछ’, म्युजिक भिडियोका निर्देशक सन्तोष खनालले भने ।

सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् । गीतमा सम्पादन सुरेश राउतको रहेको छ । गीतमा गायिकाआयुष्का खनियासहित बि मानब आर्ट स्टुडियोका बालबालिकाहरुको अभिनय रहेको छ । 

यस अघि आयुष्काले गायक अलमोडा राना उप्रेतीसँग मिलेर ‘जुन त लाग्यो ताराले’ बोलको कभर गीत गाएकी थिइन् जुन यूट्यूबमा निकै लाेकप्रिय भएकाे थियाे ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया