कैलालीमा नदीमा डुबेर युवतीको ज्यान गयाे

 फागुन १२, २०७५ आइतबार १७:१४:५९ | निर्मला खडायत
unn.prixa.net

कैलाली - कैलालीको कैलारी गाउँपालिकामा एक युवतीको नदीमा डुबेर ज्यान गएको छ ।

नदिमा डुबेर ज्यान गुमाउनेमा कैलारी गाउँपालिका वडा नं-६ भुडाकी १८ वर्षीया राधा चौधरीको रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भुडाकै स्थानीय नदीमा डुबेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निरीक्षक गोबिन्द बहादुर खड्काले बताउनुभयो ।

युवती नदिमा डुब्नुको कारण थाहा नभएकाे र त्यसबारेमा अनुसन्धान भैरहेको उहाले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया