सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
हुम्ला, जेठ १ – हुम्ला जिल्लाको उत्तरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा भुस्याहा कुकुरहरुको बिगबिगीले त्रास फैलाएको छ ।
भुस्याहा कुकुरले २ वटा पशु चौपायलाई टोकेपछि कुकुरको त्रास झनै फैलिएको हो । कुकुरले टोकेका दुई पशु मरेपछि पालिकाभर छाडा छोडिएका कुकुरबाट पशु चौपायलाई जोगाउन झनै अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो ।
वडा नम्बर–२, केर्मीगाउँमा दुईवटा याकलाइ कुकुरले टोकेर मारेपछि कुकुरलाई नियन्त्रण लिन रेविजको सुई लगाउने अभियान चलाएको अध्यक्ष लामाले जानकारी दिनुभयो । त्यो गाउँपालिकाको हेप्का खगालगाउँ, मुचु केर्मी, च्याछरा, यागार एल्वाग तुम्कोटलगायतका अधिकांश गाउँमा छाडा कुकुरहरुले चौपायलाई टोक्न थालेपछि त्यसको असर स्थानीयबासीमा परेपछि पालिकास्तरमा रेविज विरुद्धको अभियान चलाएको छ ।
सदरमुकाम सीमकोटबाट औषधि खरिद गरी गाउँपालिकाको आर्थिक सहयोगमा दुई टोली गाउँपालिकाको गाउँहरुमा खटाइ सुई लगाउने काम भैरहेको नाम्खा गाउँपालिका पशु विभाग प्रमुख पठाने बुुढाले बताउनुभयो । पालिकाभर स्थानीयबासीहरु बौद्धधर्मालम्बी मात्र बसोबास गर्ने हँदा कुनै चौपायलाई बध गर्न नमिल्ने भन्दै कुकुरका बच्चाहरुलाइ नमार्दा गाउँभरी कुकुर छाडा रुपले वृद्धि भएकोले पनि समस्या भएको अध्यक्ष लामाले बताउनुभयो ।
भुस्याहा कुकुरका कारण त्यस क्षेत्रमा चौपाय चराउन लैजान समेत प्रभाव भएको जनाइएको छ । घरपालुवा कुकुरबाट जन्मेका सबै कुुकुरका छाउरा घरभित्र भन्दा बाहिर छाडा छोडिँदा पालिकाभर बिगबिगी भएको जनाइएको छ ।