विन्ध्यवासिनी मन्दिरमा लिफ्ट (तस्बिरसहित)

 फागुन २३, २०७५ बिहिबार १४:४३:१८ | सुमन गुरुङ

कास्की – पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा एक करोडको लागतमा लिफ्ट निर्माण गरिएको हो । विन्ध्यवासिनी दर्शन गर्न आउने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष गरी अपाङ्ग, वृद्ध र बालबालिकालाई लक्षित गरी निर्माण गरिएको हो ।

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवहन क्षमता ६८० किलोग्राम रहेको छ । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाअर्चना पनि गर्नुभयो ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया