हुम्ली महिलाले हिउँमै मनाए नारी दिवस

 फागुन २४, २०७५ शुक्रबार १८:५९:१९ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अन्तर्राष्ट्रिय नारी दिवस धुमधामका साथ मनाइयो । सिमिकोट गाउँपालिका र सदरमुकाममा रहेका गैरसरकारी संस्था र महिला समुहहरुको संयुक्त आयोजनामा नारी दिवस मनाइएको हो ।

चिसो मौसममा हिउँसँंग खेलेर यहाँका महिलाहरुले फरक ढंगले यो दिवस मनाए ।  महिलाहरु बाटोकाे हिउँ छिचाेल्दै चिसो मौसमलाई छल्न बाक्ला लुगा, जुत्ता र टोपीमा ठाँटिएका थिए । यसले गर्दा र्‍यालीमा हुम्ली भेषभुषा झल्किएको थियो ।

जिल्लाका विभिन्न ठाउँबाट आएका महिलाहरुले आफ्नो भेषभुषा झल्किने र्‍यालीसहित प्लेकार्ड बोकेर बजारमा निस्केका थिए ।  बजारको परिक्रमा गरेर जिल्ला समन्वय समिति हुम्लाको सभा हलमा पुगेपछि कार्यक्रम मनाएका छन् ।

‘लै‌गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने मूल नाराका साथ जिल्लाका ७ वटै गाउँपालिकाको महिला शाखाका  महिलाहरुको पनि सहभागिता थियो । 

सिमकोट र नाम्खा गाउँपालिकामा बाटोमा अझै हिउँ जमेकोले हिउँको चिसोसँगै महिलाहरुले यस वर्षको नारी दिवस भव्य रुपमा मनाए ।

अन्तिम अपडेट: चैत १३, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया