कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ लोकार्पण

 फागुन २६, २०७५ आइतबार १७:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कवि प्रकाश गुरागाईंंको पहिलो एकल कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ लोकार्पण भएको छ । 

शनिबार साहित्यकार राजन मुकारुङ, कैलाश राइ तथा राजेन्द्र महर्जनले संयुक्त रुपमा कवितासंग्रहको लोकार्पण गर्नुभएको हो  । 

कवितासंग्रह विमोचन तथा अन्तरसंवाद कार्यक्रममा साहित्यकार मुकारुङ, राई र महर्जन तीनैजनाले कृति र सर्जकका बारेमा मन्तव्य राख्नुभएको थियो ।

साहित्यकार मुकारुङले प्रकाश गुरागाईंलगायत अन्य कविहरुले गरिरहेको ‘उन्मुक्त पुस्ता’ साहित्यिक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै कवि गुरागाईँ वैचारिक रूपमा प्रतिबद्ध कवि हुनुहुन्छ भएकाे तथा कवितासंग्रहमा वैचारिक, कलात्मकलगायत विभिन्न पक्षमा स्पष्टताका साथ आउनुभएको अभिव्यक्ति दिनुभयाे । 

राजेन्द्र महर्जनले उन्मुक्त पुस्ताका कवि गुरागाईँको कवितासंग्रह आफूहरुले पनि भोगेको उथलपुथलको साक्षी भएको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता राईले कवितासंग्रह कवि गुरागार्इँंले भोगेको समाजको बेथितिप्रतिको गतिलो जवाफ रहेको धारणा राख्नुभयो 
खुट्टामा श्रीपेचभन्दा अघि कवि गुरागाईँको संयुक्त कवितासंग्रह ‘आफर’ प्रकाशित भइसकेको छ ।

सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकमा विभिन्न ४१ वटा कविता समाविष्ट छन् । प्रकाशनले १ सय ११ छ पृष्ठ रहेको कवितासंग्रहको मूल्य २२५ रुपैयाँ तोकेको छ ।
 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया