सुशान्त सिंह राजपुतले हटाए इन्स्टाग्रामको सबै पोस्ट

 चैत ३, २०७५ आइतबार ११:३१:११ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘सोन चिडिया’ केही दिन अघि रिलिज भएको थियो । यस फिल्म पश्चात् उनी ‘दिल बेचारा’ मा अभिनय गर्नेछन् । तर भर्खरैमात्र सुशान्त सिंह राजपुतले इन्स्टाग्राम अकाउन्टमा यस्तो काम गरेका छन् । जसका कारण अहिले उनका फ्यानहरु आश्चर्यमा परेका छन् । अभिनेता सुशान्तले आफ्नो इन्स्टाग्राम अकाउन्टका सबै पोष्टहरु डिलिट गरेका छन् । 
  
सुशान्तले अचानक यस्तो किन गरेका हुन् भन्ने कुराको कुनै जानकारी सार्वजनिक भएको छैन । उनले आफ्नो बायोमा लेखेका छन् ‘अहिलेलाई यहाँ छैन ।’ यसको अर्थ के हो भन्ने कसैले पत्ता लगाउन सकेका छैनन् । उनका समर्थकहरु यसबाट हैरान बनेका छन् । 

सुशान्तले आफ्नो इन्स्टाग्राम पोष्ट डिलिट गरेको यो पहिलो पटक भने होइन । यस अघि पनि उनले यस्तो गरिसकेका छन् । 

सुशान्त सिंह राजपुतको फिल्म ‘सोन चिडिया’ ले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर सुशान्तको अभिनयको भने सबैले प्रशंशा गरेका थिए । उनको अर्को फिल्म ‘दिल बेचारा’ २०१९ को नोभेम्बर २९ मा रिलिज हुनेछ । यस फिल्ममा सुशान्तको जोडीको रुपमा अभिनेत्री सञ्जना सांघी हुनेछिन् ।        
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया