वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेले विश्व क्रिकेटमा तहल्का मच्चाउँछन् भन्ने अनुमान पहिले नै गरेको बताएका छन् ।
उत्कृष्ट बलिङ क्षमता देखेर दासानायकेले नै सन्दीपलाई क्रिकेट लाइमलाइटमा ल्याएका थिए । अहिले अमेरिका राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणको जिम्मेवारी सम्हालेका दासानायकेले भने, ‘उसको बलिङ क्षमता उद्भूत छ । म यसकारण भाग्यमानी ठान्दछु की उसलाई बसन्त रेग्मीको विवाहका बेला भेटेको थिएँ ।’
‘नेपालमा सन्दीपमा लुकेका प्रतिभाहरु अझ धेरै छन् । एसोसियट क्रिकेटका लागि यस्तो प्रतिभा महत्वपूर्ण छ,’ दासानायकेले थपे ।
त्यही बेलामा सन्दीप नेपालको खेलमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने अनुमान दासानायकेले गरेको बताए । नेपालमा मात्र नभई विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा सन्दीपको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । ‘उसले यस्तो प्रदर्शनलाई निरन्तरता दिनु पर्छ । तर उसले खेलसँगै ब्यक्तिगत रुपमा पनि सुधार्ने पक्षहरु अझ धेरै छन्,’ दासानायकेले सुझाव पनि दिए ।
चार वर्ष नेपाली क्रिकेट सम्हालेको पुबुदुले नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा भएको टी–२० विश्वकप खेलेको थियो ।