यमनमा हैजाबाट कम्तीमा १२ जनाको मृत्यु, हजारौँ संक्रमित

 चैत ४, २०७५ सोमबार ८:१६:२२ | एजेन्सी
unn.prixa.net

यमनको राजधानी सनामा हैजाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ ।  यो वर्षमात्र ४ हजार मानिसमा हैजाको  संक्रमण देखिएको स्थानीय स्वास्थ्यसेवा विभागका प्रमुख माथर अब्बास मिरवानीले बताएका छन् । 

हैजाबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताइएको छ । हैजाको प्रकोपपछि अहिले मानिसहरु स्वच्छ पानीको जोहो गर्न कसरत गरिरहेका छन् । मानिसहरु स्वच्छ पानी संकलन गर्नकै लागि निकै लामो लाइनमा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालमा पनि हैजा प्रभावितहरु बिरामीहरुको संख्या ठूलै छ । 

विश्व स्वास्थ्य संगठनको वेवसाइटमा जारी गरिएको पछिल्लो तथ्यांक अनुसार, यमनमा सन् २०१८ जनवरी १ देखि २०१९ फेब्रुअरी १७ सम्म हैजाबाट प्रभावित हुनेको संख्या ४२ हजार ८ सय १७ रहेको छ । जसमध्ये ५ सय ६० जनाको मृत्यु भएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामध्ये ३१ प्रतिशत हैजाबाट प्रभावित छन् ।

 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया