काठमाण्डौमा भूकम्पको धक्का

 चैत ४, २०७५ सोमबार ९:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ ।

बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको  र त्यसको धक्का काठमाडौँमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पककै परकम्प भएको पनि केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको  छैन ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया