आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
जेठ ३ – ‘मण्डेला सेन्तेनारी’ फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।
दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला जन्मेको १ सय बर्ष पुरा भएको अवसरमा बुधबार राती भएको खेलमा दक्षिण अफ्रिकी च्याम्पियन क्लब मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । दक्षिण अफ्रिकी शहर जोहानेसवर्गमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेज, उस्मान डेम्बेले आन्द्रेइ गोमेजले गोल गरे । अन्तिम १५ मिनेट खेलेका लियोनेल मेस्सीले भने गोल गर्न सकेनन् ।
सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल गरे । धेरै समय मेस्सीलाइ नखेलाउँदा निराश दक्षिण अफ्रिकी नागरिकले मेस्सी मैदान प्रवेश गर्दा उठेर ताली बजाएर स्वागत गरेका थिए ।
नेलशन मण्डेला जन्मिएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष उत्सव सञ्चालन भइरहेको छ ।