पेट्रोलियम पदार्थको मूल्य यथावत

 चैत ५, २०७५ मंगलबार १६:२०:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।  

यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अहिले काठमाण्डाैमा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ । 

निगममा नयाँ नेतृत्व आएसँगै खरिद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको थियो । निगमका अनुसार गत माघ २ देखि यही चैत ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर नौ रुपैयाँ सात पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया